मोरङ : मोरङको केराबारी ८ स्थित रहेको खदम खोला, केराबारी ७ स्थित रहेको मुगु खोला, सुन्दरहरैँचा ५ स्थित रहेको बूढीखोला र बेलबारी २ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैध रूपमा गिटि, बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले टिपर, ट्याक्टर, जेसिबीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिपरर ४ वटा, ट्याक्टर ४ वटा, एउटा जेसिबी र चालकसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ९ वटै सवारी साधनसहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post