उदयपुर : त्रियुगा नगरपालिका ८ देउखुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मन्तु चौधरी रहेका छन् ।
कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post