मोरङ : मोरङको लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेकाले आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुनवर्षी नगरपालिका १ केचनाका ३३ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post