विराटनगर : विराटनगर महानगरपालिका ६ बाट भन्सार छलेर अवैध रूपमा भण्डारण गरेको खाद्यान्न सामाग्रीहरू प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटीबाट खटिएको प्रहरी टोलीले विराटनगर ६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छलेर चोरी पैठारी गरी भण्डारण गरेको सामाग्री बरामद गरेको हो ।
चिनी ४७ बोरा (२,३५० केजी), मटर ३२ बोरा (९६० केजी), छोकडा ५ बोरा (२५० केजी), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन गरी अन्दाजी दुई लाख ३० हजार मूल्य बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका खाध्यान्नका सामग्रीहरू जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post