सुनसरी : सुनसरीकोे दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको भोक्रा–नरसिंह गाउँपालिका १ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ २६ गते बेलुकादेखि हराइरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
यस्तै, इनरुवा नगरपालिका २ का ६५ वर्षीय गंगाराम मण्डल २७ गते बिहानदेखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
दुवै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post