बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीमा छुरा प्रहार गरी एक पुरुषको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब ११ बजेतिर मुनाल चोक बस्ने २५ वर्षीय सबिन तामाङले सोही स्थान बस्ने ४० वर्षीय आशिष दर्जीलाई मादक पदार्थ सेवन गरी छुरा प्रहार गर्दा आशिषको मृत्यु भएको हो ।
छातिमा छुरा प्रहार भएपछि घाइते दर्जीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post