उदयपुर : उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा कटारी १३ का १८ वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, कटारी ८ का २० वर्षीय राज ठकुरी, ५० वर्षीय इन्द्रबहादुर मगर र २२ वर्षीय मनोज ठकुरी, ५५ वर्षीया उर्मिला ठकुरी, कटारी ११ का १८ वर्षीय दिवस बस्नेत, ३५ वर्षीय कृष्णबहादुर बुढाथोकी, २२ वर्षीय दिपेश कोइराला र ५० वर्षीय निर्मल भुजेल घाइते भएका छन् ।
उनीहरूको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।
प्रहरीले बोलेरो चालक २८ वर्षीय निरबहादुर खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।











Discussion about this post