इटहरी : इटहरीमा रहेको बूढीगंगा–जमुना मुक्तिघाटमा श्रावण महिनाभर हरेक सोमबार आरती गरिने भएको छ ।
बिहीबार बूढीगंगा–जमुना मुक्तिघाट परिसरमा पत्रकार सम्मेलन गर्दै श्रावणको हरेक सोमबार सन्ध्याकालीन आरती गरिने जानकारी दिइएको हो ।
शिवसेना नेपाल सुनसरीले आयोजना गर्न लागेको सन्ध्याकालीन आरतीमा इटहरी आसपासका दर्जनौँ भक्तालुहरू आउने अपेक्षा गरिएको अध्यक्ष टीआर भुजेलले बताए ।
इटहरीलाई धार्मिक आस्थाको केन्द्र बनाउन सहयोग पु¥याउने उदेश्यले आरती कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।
अभियन्ता हिरा आचार्यले पितृहरूको उद्वारका निम्ति आरती कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘श्रावणको सोमबार विशेष दिने भएकाले पितृहरूको उद्वारका निम्ति पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्
Discussion about this post