मोरङ : मोरङको जहदाबाट तस्करीको तोरी बरामद गरिएको छ । भारतको जोगवनीबाट नेपालतिर ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा अवैध तोरी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक जङ्गबहादुर सिंह नेतृत्वको टोलीले पाँच हजार आठ सय किलोग्राम तोरी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार प्रदेश १–०४–००१ त १२७४ नम्बरको ट्याक्टरमा लोड गरिएको तोरी जहदा गाउँपालिका १ बुधनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
उनका अनुसार तोरी दुई लाख ५० हजार मूल्य बराबरको छ । भारतबाट भन्सार छली गरेर ल्याउँदै तेल उद्योगहरुलाई तोरी बेच्ने गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनका अनुसार सीमा क्षेत्रको सुरक्षासहित अवैध ओसारपसार, सीमा अपराध, लागुऔषध तथा हतियारको ओसारपसार एवम् किनबेच, मानव तस्करी लगायत विभिन्न खालका अपराधिक धन्दा नियन्त्रणलाई सशस्त्रले प्राथमिकतामा राखेको छ ।












Discussion about this post