सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्य रहेका छन् ।
मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भइ फरार रहँदै आएका शाक्यलाई खोजतलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाक्यलाई आइतबार नै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post