इटहरी : सुनसरीको रामधुनीमा पौडी खेल्न गएकी बालिकाको नहरमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अुनसार शनिबार रामुधनी १ जितमहान चौकस्थित चतरा–झुम्का नहरमा पौडी खेल्ने क्रममा डुबेकी बालिका १२ वर्षीय लिलामाया बिकको आज (आइतबार) शव फेला परेको हो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्दा इटहरी उपमहानगरपालिका वडा नं. १६ को चतरा–झुम्का–खनार नहरमा डुबिरहेको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post