उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बाट प्रतिबन्धित लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका ६ का ३४ वर्षीय बिनेश राई रहेका छन् ।
लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनलाई रामपुरबाट पक्राउ गरेको हो ।
स ३ प ३६०३ नम्बरको मोटरसाइकलमा फत्तेपुरतर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ५ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।












Discussion about this post