इटहरी (डेस्क) : झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका ५ का पूर्णबहादुर लिम्बूका २ वर्षीय छोरा ईन्सान लिम्बूको घर छेउमा खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाइटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोकका २९ वर्षीय तीर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
















Discussion about this post