विराटनगर : विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भइ फरार रहँदै आएका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बहुविवाह मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र बीस हजार रुपैयाँ जरिवाना भइ फरार रहँदै आएका मोरङको जहदा गाउँपालिका ७ का २६ वर्षीय वर्षीय बिष्णु हेमरन रहेका छन् ।
यस्तै, चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष २ महिना ३ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना भइ हालसम्म फरार रहँदै आएका विराटनगर महानगरपालिका १२ शुक्रबारेका २२ वर्षीय गणेशकुमार राममोची रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराएर तोकिएको सजाय भुक्तानको लागि कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post