मोरङ : मोरङको पथरीशनिश्चरेमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका २ पारुहाङ टोलमा सिटी सफारीले ठक्कर दिँदा ४ वर्षीया सिहाङ राईको मृत्यु भएको छ ।
प्रदेश १–०२–००३ ह ५८३ नम्बरको सफारीले दिउँसो ३ः१५ बजेतिर ठक्कर दिँदा नाबालिका गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, पथरीशनिश्चरे १ मा आफैँले चलाएको मोटरसाइकलबाट लडेर एक युवकको मृत्यु भएको छ । प्रदेश १–०२–०४६ प ४५५३ नम्बरको मोटरसाइकलबाट लडेर चालक पथरीशनिश्चरे ३ का ३४ वर्षीय लक्ष्मण धितालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post