मोरङ : मोरङको बेलबारी नगरपालिका १० भाउन्नेको जङ्गलमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भाउन्नेको सिर्जना सामुदायिक वनभित्र मङ्गलबार सडेको अवस्थामा अन्दाजी ४५ वर्षीय महिलाको शव फेला परेको हो ।
पहिचान नखुलेको महिलाको शव फेला परेसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post