मोरङ : पथरी शनिश्चरे नगरपालिकामा पैनिमा डुबेर एक बालिकाको मृत्यु
मोरङको पथरी शनिश्चरे नगरपालिकामा पैनिमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा न. ९ स्थित सगरमाथा चोक नजिकै पैनीमा डुबेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहानक समयमा अन्दाजी तेह्रथुमको छथर गाउँपालिका ३ घर भई कोठा भाडामा बस्दै आएका कुमार लिम्बूकी १९ महिने छोरी स्नेहा लिम्बू पैनीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।
बिहानै घरको आँगन खेल्ने क्रममा घर देखी ५० मिटरको दुरीमा रहेको पैनीमा डुबेको अवस्थामा स्थानीय व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए ।
डुबेको देखेपछि स्थानीयले पैनीबाट निकाल्दा बालिकाको मृत्यु भइसकेको प्रहरी प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताएका छन् ।












Discussion about this post