इटहरी : सुनसरीमा पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका २ का राम कुमार उरावका १४ वर्षीय छोरा आयुष उराव रहेका छन् ।
कोसी गाउँपालिका ३ स्थित सिँचाइ नहरमा पौडी खेल्ने क्रममा पानीमा डुबेर बेहोस भएको अवस्थामा उनलाई स्थानीय मानिसहरूले उद्दार गरी जिल्ला अस्पताल इनरुवा लगेका थिए ।
उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post