मोरङ : मोरङको उर्लाबारी नगरपालिका २ झण्डी चौकबाट प्रतिबन्धित औषधीसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने २० वर्षीय विवेक धिमाल रहेका छन् ।
अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले धिमाललाई प्रतिबन्धित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पास्पेन ६० ट्याबलेटसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका धिमालको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post