विराटनगर : विराटनगर महानगरपालिका १६ दरैयाबाट प्रहरीले अवैध लत्ताकपडा र खाद्यान्न बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मे १ च २२८६ नम्बरको मारुती भेनबाट लत्ताकपडासहित खाद्यान्न बरामद गरेको हो ।
बरामद गरिएको उक्त सामाग्री करीब ५ लाख १३ हजार ७ सय मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानी बसपार्कबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ७६ बजार ९ सय बराबरको खाद्यान्न र लत्ताकपडा बरामद गरेको छ ।














Discussion about this post