मोरङ : मोरङको बेलबारी नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार (आज) बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने र कारमा सवार दमक ४ का १४ वर्षीय राजु बराईली घाइते भएका थिए ।
घाइते दुवैजनालाई उपचारको लागि बेलवारी अस्पताल पठाइएको र बराईलीलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा बराईलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post