उदयपुर : उदयपुरको बेलका नगरपालिका १ आम्बासिस्थितबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ वर्षीय निर्मल घिसिङ रहेका छन् ।
अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागूऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो ।
पक्राउ परेका घिसिङको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post