मोरङ : मोरङको जहदा गाउँपालिका २ बाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ३६ केजी गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जहदा २ का २५ वर्षीय मुकेश गुरुङ रहेका छन् ।
नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको लागूऔषध गाँजा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले गएराति १२ः४५ बजेतिर बरामद गरेको हो ।
पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post