उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ७ कुबिण्डेका ५० वर्षीय बौवा चापागाईको खोलाले बगाएर मृत्यु भएको छ ।
मुर्कुची बजारबाट घरतर्फ फर्कदैँ गरेका चापागाई त्रियुगा खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।
प्रहरी चौकी सुकौराबाट प्रहरी टोली खटिइ खोजतलास सुरु गर्ने क्रममा खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करीब १ किलोमिटर तल मृत अवस्थामा फेला पारिएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।











Discussion about this post