मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका १ गुद्री बजारस्थितबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अक्षय माझी रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ४ मिलिग्रामसहित उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post