मोरङ : मोरङको रतुवामाई नगरपालिका ४ पैयामारी स्थितबाट निषेधित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्त तर्फ साइकलमा सवार रहेका दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ७ बस्ने १९ वर्षीय राहुलकुमार शर्मा र मोरङको उर्लाबारी नगरपालिका ७ बस्ने २२ वर्षीय युगल लिम्बू रहेका छन् ।
उनीहरुलाई चेकजाँच गर्ने क्रममा निषेधित लागूऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post