मोरङ : मोरङको बेलबारी नगरपालिका ६ सोमबारे जरुवा टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आफ्नै घर अगाडि बसिरहेकी ६१ वर्षीया सीतादेवी ढकालको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक मोरङको बेलबारी ६ का २३ वर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।












Discussion about this post