सोलुखुम्बु : सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठूलो दूधकुण्डको दर्शनार्थी आएकी एक भक्तजनको प्रहरीले उद्धार गरेको छ ।
गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मिटरको उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।
अचेत अवस्थामा रहेकी ती युवतीको महिला प्रहरीले बोकेर दूधकुण्ड बेश क्याम्पतर्फ प्राथमिक उपचारको लागि लगिएको हो ।
काठमाडौँ घर भएकी ती युवती उपचार पश्चात सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।














Discussion about this post