इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँको फोहोर देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् ।
काठमाडौँ आएसँगै उनले यहाँको बिजोग देखेर श्रमदान गर्न मन लागेको बताएका हुन् ।
‘काठमाडौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो, प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।
उनले धरानमा खानेपानी आयोजना निर्माण, वृक्षारोपणका लागि हरेक साता श्रमदान गर्दै आइरहेका छन् ।












Discussion about this post