इटहरी : जिल्ला अदालतबाट करिब ३ वर्षअघि नै कैद र जरिवानाको फैसला भएपनि फरार रहेका धरान १५ का एक युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान १५ का २८ वर्षीय सिंगराज कार्की रहेका छन् । उनी लागूऔषध मुद्दाको फरार प्रतिवादी भएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् ।
डिएसपी श्रेष्ठका अनुसार कार्कीको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७५ असार ५ गते कैद र जरिवानाको फैसला गरेको थियो ।
अदालतको फैसला वमोजिम उनलाई २ वर्ष १० महिना २४ दिन कैद ठहर भएको थियो भने १ लाख २५ हजार जरिवाना तोकिएको थियो । फैसला भएपनि उनी फरार थिए ।
फरारको सुचीमा रहेका कार्कीलाई आज धरान १ बाट पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । उनलाई भोली सोमबार कैद तथा जरिवाना असुलको लागि सुनसरी जिल्ला अदालतमा पेश गर्ने पनि डिएसपी श्रेष्ठले बताएका छन् ।












Discussion about this post