झापा : झापामा बैङ्किङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरेपनि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका १० की ४० वर्षीया टीकामाया भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलासले भट्टराईलाई गत असार ८ गते दोषी ठहर गर्दै दुई दिन कैद र दुई लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
साथै अदालतले पीडित राहत कोषमा आठ हजार जम्मा गर्नुपर्ने फैसला पनि सुनाएको थियो । अदालतको फैसलापछि महिला फरार थिइन् ।
पक्राउ परेकी उनलाई कैद सजायका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।










Discussion about this post