झापा: झापाको दमकमा चार दिनअघि ट्रकको ठक्करबाट घाइते भएकी स्कुटी चालकको मृत्यु भएको छ ।
साउन २७ गते बिहान दमक ४ चिया दोकानस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश नम्वर १–०४–००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक दमक ४ बस्ने ६८ वर्षीय रामजुलुम नायक घाईते भएकी थिइन् ।
उनलाई उपाचारको लागि निम्स अस्पताल दमकमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराट नर्सिङ होम विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।
ट्रक चालक अर्जुनधारा ५ बस्ने ३८ वर्षीय मातृका दनुवार र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post