ताप्लेजुङ : ताप्लेजुङको धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्दन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ ।
समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरुवात भई काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ ।
महोत्सवमा खुला म्याराथन तोक्मेबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ ।














Discussion about this post