धरान : बहुविवाह मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८।०८।२९ गतेको फैसला आदेशले ११ महिना ५ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएपनि फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ६ का ४४ वर्षीय हेमबहादुर भण्डारी रहेका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा धरानबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेका भण्डारीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post