धरान : सनराइज बैँक धरान शाखाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ।
प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैँककी निमित्त प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले २ थान ट्रली र १० थान ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिन् ।
सनराइज बैँक धरान शाखा प्रमुख वसन्त सेडाईका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको बैँकले जनाएको छ ।
कार्यक्रममा बैकका ब्राण्ड तथा सिएसआर प्रमुख सुमन थापा, प्रदेश १ प्रमुख विवेक निरौला, धरान शाखा प्रमुख वसन्त सेडाई तथा बैँक र प्रतिष्ठानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैँकले हाल देशभरमा १३९ वटा शाखा, ९४ वटा शाखारहित बैँकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटीमबाट सेवा प्रदान गरिरहेको बताइएको छ ।
Discussion about this post