इटहरी : इटहरीको आँपगाछीमा दिनदहाडै कट्टी प्रहार गर्न खोज्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी २ आँपगाछी चौकमा बिहीबार दिउँसो कट्टी प्रहार गर्न खोज्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार दिउँसो चारजनालाई पक्राउ गरिएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
‘भर्खरै हामीले चारजनालाई पक्राउ गरी ल्याएका छौँ,’ डीएसपी खड्काले टाकुरासँग भने, ‘घटनाको कारणबारे हामीले अनुसन्धान सुरु गरेका छौँ ।’
उनले के कारणले घटना भएको भन्नेबारे आफूहरू अनुसन्धानकै क्रममा रहेको बताए ।
स्थानीय एक प्रत्यक्षदर्शीका अनुसार केही समयदेखि एक युवक फोनमा बाझिरहेका थिए । यत्तिकैमा करीब ४ बजेतिर अर्को समूह आएको थियो । केहीबेरको भलाकुसारीपछि कट्टी प्रहार गर्न खोजिएको थियो ।
‘दुईजनासहित आएको अर्को ठूलो समूहले कट्टी प्रहार गर्न खोजेको थियो,’ ती प्रत्यक्षदर्शीले भने, ‘हामीले कहिल्यै नचिनेका मान्छे हुन्, अपरिचित मान्छे भएकाले ठम्याउन सकिएन ।’
उनका अनुसार कट्टी प्रहार गर्न खोजेपनि तत्कालै प्रहरीको उपस्थितिले ठूलो घटना हुन पाएन । प्रहरीले अहिले चारजनालाई पक्राउ गरी कट्टी समेत बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



















Discussion about this post