धरान : धरानमा एक पुरुषले सासु आमालाई खुकुरी प्रहार गरेपछि आफैंले घाँटी रेटेर आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँई ४१ वर्षीय रामबहादुर रम्तेलले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारपछि उनले आफैं घाँटी रेटेर आत्महत्या गरेका हुन् ।
खुकुरी प्रहारपछि भुजेल गम्भीर घाइते भएकी छन् । घाइते भुजेलको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेकाले विराटनगर नर्सिङ होममा लगिएको छ ।
घटना बिहीबार रातिको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतककी श्रीमती करिब डेढ महिना अघि मात्र वैदेशिक रोजगारीमा दुबई गएकी छन् ।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
Discussion about this post