झापा : झापाको बिर्तामोड नगरपालिकाका मेयर र उपमेयर हराए भन्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रम फैलाएको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड ४ का २२ वर्षीय राजु बिमली रहेका छन् ।
डीएसपी रुगम बहादुर कुँवरका अनुसार बिमलीलाई आइतबार दिउँसो घरबाटै नियन्त्रणमा लिइएको हो ।
उनले शनिबार राति मेयर पवित्रा महतारा र उपमेयरु नगेन्द्र प्रसाद सङ्ग्रौलाको तस्वीर राखेर मेयर–उपमेयर हराएको भन्दै सञ्जालमा राखेका थिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post