धरान : पौडी खेल्ने क्रममा डुबेर धरानका एक युवकको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका ६ का २३ वर्षीय इशानबहादुर कार्कीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको केराबारी गाउँपालिका ६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर कार्कीको मृत्यु भएको हो ।
डुबेको अवस्थामा फेला पारेका आफन्तले उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post