धरान : धरान उपमहानगरपालिका ८ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान ८ का ३९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान १५ का २९ वर्षीय बिनोद दर्नाल रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ब्राउनसुगर बरामद भएसँगै प्रदेश १–०२–००३ ह १६४९ नम्बरको टेम्पोसहित नियन्त्रणमा लिइएका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post