इटहरी : इटहरीकी साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ ।
ज्वरोबाट ग्रस्त भएकी रमाको घरमै आराम गरिरहेपनि (शनिबार) आज बिहान स्वास्थ्य अवस्था जटिल भई उपचारार्थ काठमाडौँस्थित अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
झापाको दुर्गापुर माइती भएकी साहित्यकार राधा रमा गजल र मुक्तक विधामा बढी कलम चलाउँथिन् । यसका अतिरिक्त कविता र लघु कथा लेखनमा पनि उनको रुची रहेको थियो ।
इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिका समेत सञ्चालन गरेकी थिइन् । रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् ।



















Discussion about this post