इटहरी : मोरङमा बाटो काट्दै गरेका पैदलयात्रीलाई पिकअपले ठक्कर दिँदा मृत्यु भएको छ ।
मंगलबार साँझ मोरङको बूढीगंगा गाउँपालिका ३ शान्ति चोकस्थित कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्याङ्जा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेत रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा राति ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पिकअप चालक विराटनगर ५ बस्ने २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post