इटहरी : प्रदेश १ खेलकुद विकास बोर्डले आईटिएफ तेक्वान्दो तर्फको प्रदेश १ छनौट प्रतियोगिता शुक्रबार सुनसरीको इटहरीमा सम्पन्न गरेको छ ।
बुधबारबाट शुरु भएको आईटिएफ तेक्वान्दोको छनौट खेल तेस्रो दिन शुक्रबार सम्पन्न भएको हो ।
छनौट खेलबाट महिला एकल स्पाइरिग तर्फ ६५ केजी तौल समूहमा झापाकी पार्वती राजवंशीले स्वर्ण पदक जितेकी छन् भने सुनसरीकी रोमिला खड्काले रजत र मोरङकी सरला राईले कास्य पदक जितेकी छन् । त्यसैगरी महिला एकल स्पाइरिगंतर्फ नै ६० देखि ६४ केजी तौल समुहमा पाँचथरकी अनिषा सेलिगँले स्वर्ण पदक पाएकी छन् ।
मोरङकी केरीसा आचार्यले रजत र सुनसरीका कतिका राई र इलामकी निसा ताजपुरीयाले कास्य पदक जितेका छन् । यता महिला स्पाइरिगं तर्फकै ५५ केजीदेखि ५९ केजी तौल समूहतर्फ भोजपुरकी सजिना तामाङले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
यस्तै, झापाकी मेरिना राईले रजत र मोरगंकी बविता श्रेष्ठ र पाँचथरकी एलिसा सेलिगंले कास्य पदक हात पारेका छन् ।
सोही विद्याको ५० देखि ५४ केजी तौल समूहमा मोरङकी कुशुम राजवंशीले स्वर्ण पदक जितेका छन् । यस्तै, पाँचथरकी बिनिता राईले रजत र सुनसरीकी एलिजा राई र भोजपुरकी कृतीका राईले कास्य पदक पाएका छन् ।
यता ४५ केजि देखि ४९ केजी तौल समूहमा मोरगंकी इन्दिरा थापाले स्वर्ण पाँचथरकी सवीना सेलीगले रजत र सुनसरीकी करुणा विष्ट र भोजपुरकी समोला राईले कास्य पदक जितेका छन् ।
यता पुरुष प्याटनतर्फ तेस्रो डानमा सुनसरीका अर्जुन चौधरीले स्वर्ण जितेका छन् ।
यसैगरी पुरुष स्पाइरिगंतर्फ ४५ देखि ४९ केजि तौल समूहमा पाँचथरका आलोक राईले स्वर्ण, भोजपुरका सुरज विकले रजत, सुनसरीका इशान राई र झापाका आइतराज लिम्बुले कास्य पदक पाएका छन् ।
यस्तै, ५० देखि ५४ केजी तौल समूहतर्फ झापाका मिसन श्रेष्ठले स्वर्ण जितेका छन् भने भोजपुरका कृष्ण रसाइलीले रजत र कास्यतर्फ मोरगंका प्रविण बस्नेत र पाँचथरका मिसन सेलिगं रहेका छन् ।
पुरुष स्पाइरिगको ५५ देखि ५९ केजी तौल समूहको खेलमा मोरगंका प्रथम कार्कीले स्वर्ण, सुनसरीका सुरज चौधरीले रजत र कास्यमा झापाका बिक्रम श्रेष्ठ र पाँचथरका शिशिर सेलिगंले कास्य पदक पाएका छन् ।
यस्तै, ६० देखि ६४ केजी तौल समूहमा मोरङका नितेश खवासले स्वर्ण पदक पाएका थिए । सुनसरीका उदयबिक्रम राईले रजत र कास्य तर्फ पाँचथरका अस्विन सेलिग र झापाका मनिष श्रेष्ठले रहेका छन् ।
विजयी खेलाडीलाई आईटिएफ तेक्वान्दो छनौट तर्फका संयोजक डेभिड विष्ट लगायतले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । खेलमा छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद बोर्डलाई हस्तान्तरण गर्ने छनौट समितिका निर्णायक प्रविण कार्कीले जानकारी दिए ।












Discussion about this post