उदयपुर : उदयपुरमा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ की २२ वर्षीया लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा नुहाउन गएको अवस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post