मोरङ : मोरङको रंगेली नगरपालिका ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ वर्षीय अमितकुमार दाश र ३५ वर्षीय निलेश दाश रहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले को ३१ प ४४१४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
प्रतिबन्धित लागूऔषध बरामद भएसँगै दुवैजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post