मोरङ : मोरङ जिल्ला अदालतको मिति २०७६।०२।१५ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
११ महिना २७ दिन कैद सजाय ठहर भएका जिल्ला मोरङको बेलबारी नगरपालिका वडा नं. ६ बस्ने भरत यादव, ५ महिना ५ दिन कैद सजाय ठहर भएकी बेलबारी ९ बस्ने तिलोदेवी पण्डित (कुम्हाल), ५ महिना २७ दिन कैद सजाय ठहर भएका बेलबारी ६ बस्ने धरेन झा लाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराएर मोरङ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।














Discussion about this post