इटहरी : बिद्युत सूचारुमा समस्या भइरहेको समयमा नेपाल बिद्युत वितरण केन्द्र इटहरीले तरहरा र इटहरीलाई डबल सर्किट निर्माण गरी छुट्टै कनेक्सनबाट बिद्युत वितरण गर्ने भएको छ ।
ठूलो एरिया भएपछि बिग्रिएको समयमा पहिचान गर्न समेत समस्या आइरहेको समयमा डबल सर्किट निर्माण गरी बिद्युत बिस्तार गर्न लागेको नेपाल बिद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख सुरेन्द्र साहले जानकारी दिए ।
साहका अनुसार इटहरी तीब्र रूपमा सहरीकरण भइरहेको समयमा बिद्युत सप्लाईमा समया आएका कारण पनि इटहरी र तरहरा एरियालाई छुट्टै सर्किटमार्फत बिद्युत वितरण गर्न लागिएको हो । ‘इटहरीबासीलाई गुणस्तरीय बिद्युत उपलब्ध गराउनु केन्द्रको दायित्व हो । केन्द्रकै नीतिअनुसार हामीले इटहरीलाई ब्यवस्थित बिद्युतिकरण गर्नतर्फ लागेका हौँ ।’ उनले भने ।
केहि समयदेखि बिद्युत अवरुद्ध निकै समय भएकाले समस्या हुँदै आएको छ । यसअघि साहले थपे ‘तरहरा र इटहरी पछिल्लो समयमा ठूला सहरका रुपमा आकर्षित हुँदै गएका छन् । अहिलेको संरचनाले धान्न नसक्ने भयो । त्यसकारण छुट्टै सर्किट निर्माण गरी बिद्युत सूचारु गर्न लागिएको हो ।’
उनका अनुसार सातामा तीनदिन सार्वजनिक सूचना जारी गरी इटहरी चौक, हलगडा चौक, तरहरा बजार र आँपगाछी चौक आसपासका क्षेत्रहरूमा बिद्युत अवरुद्ध गरेर अहिले सर्किट निर्माण गर्ने कार्य भइरहेको छ ।

अहिले खनार सब स्टेशनदेखि इटहरीको नबिल बैंकसम्म ३ किलोमिटर छुट्टै सर्किटका लागि तार बिछ्याउने कार्य जारी रहेको छ । तार बिछ्याउनको लागि प्राधिकरणले साताको तीनदिन बिद्युत अवरुद्ध गरी सर्किट निर्माण कार्य गरिरहेको हो ।
केही दिनमा तार बिछ्याउने कार्य सकिने र नियमित बिद्युत सूचारु हुने साहको भनाई छ ।
यता, बिद्युत अवरुद्धका कारण सेवाग्राही मारमा परेका छन् । तर, प्राधिकरणले भने मर्मतलाई प्राथमिकता दिएका कारण केहीसमयमा अवरुद्ध सधैका लागि हट्ने जनाएको छ ।
बिद्युत प्राधिकरणले विभिन्न टोली बनाएर सर्किट निर्माण गर्ने तथा तार क्षेउका रुखका हाँगा काट्ने कार्यलाई पनि तीब्रता दिएको प्रमुख साहले बताए ।
इटहरी र तरहरालाई छुट्टै कनेक्सन बनाएपछि बिद्युतमा देखिएको भोल्टेजको समस्या हट्ने केन्द्रको दाबी छ ।



















Discussion about this post