धरान : धरान उपमहानगरपालिले फाल्ने गरेको फोहारमा मरेको मान्छेको शव भेटिएको छ ।
बाँझगरा सामुदायिक वन उपभोक्ता समिति अन्तर्गतको सेउती जंगलमा धरान उपमहानगरपालिले फाल्ने गरेको फोहारमा शव भेटिएको हो ।
शवको पहिचान खुलेको छैन । धरानको पानवारी जाने सडक नजिकै उपमहानगरले फोहोर फाल्ने गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार वीपी प्रतिष्ठानले बेवारिसे लास २ वटा र मानव कंकाल एउटा गरी ३ जनाको शव व्यवस्थापनको लागि धरान उपमहानगरपालिकालाई बुझाएको थियो ।
तर, धरान उपमहानगरपालिकाका फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरूले भने उक्त फोहोरमा नै लासलाई छोपेपछि समस्या उत्पन्न भएको उनको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post