इलाम : इलामको माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोला पुलमा बेवारिसे शव फेला परेको छ।
अपराह्न १ बजेको समयमा माङ्सेबुङ १ र देउमाई नगरपालिका ५ जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्षका पुरुषको शव परेका हुन्।
हालसम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको देउमाई नगरपालिका ५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले गरिरहेको छ।



















Discussion about this post