उदयपुर : प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जना युवकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
सर्वसाधारणलाई धम्की दिदै आफू सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका ७ मुर्कुर्चीका २३ वर्षीय दिलीप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले चौदण्डीगढी नगरपालिका ८ घर भई त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरु सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी ८ मोडलको स्मार्ट मोबाइल समेत लगेका थिए ।
नगद तथा चेक मोबाइल लिएर उनीहरु स ३ प ९१५५ नम्बरको मोटरसाइकल चढेर गएका थिए ।
पीडित राईले ठगीमा परेको भनेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरुलाई मुक्तिनाथ बिकास बैंकको चेक र मोबाइल तथा स ३ प ९१५५ नम्बरको मोटरसाइकलसहित रौतामाई गाउँपालिका ७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post